दफा ५१
भुक्तानीको लागि प्रस्तुत नगरे पनि हुने अवस्था
देहायको अवस्थामा विनिमेय अधिकार पत्र अनादर गरिएको मानिनेछ  र त्यसको भुक्तानीको लागि प्रस्तुत गर्नु आवश्यक हुनेछैनः– (क) खिच्ने वा स्वीकार गर्ने व्यक्ति वा ड्रयीले जानाजान विनिमेय अधिकारपत्रको प्रस्तुतीकरण बाधा दिएमा, वा (ख) भुक्तानीको लागि निर्दिष्ट स्थानमा प्रस्तुत गर्नुपर्ने भनी उल्लेख भएकोमा कारोबार गर्ने दिन तथा कारोबार गर्ने समयमा भुक्तानी दिनपर्ने व्यक्ति वा निजको अभिकर्ता उल्लिखित स्थानमा उपस्थित नभएमा, वा (ग) भुक्तानी दिनुपर्ने व्यक्तिले कारोबार गर्ने दिन कारोबार गर्ने समयभित्र कार्यालय बन्द गरेमा, वा (घ) कुनै निर्दिष्ट स्थान प्रस्तुत गर्नुपर्ने भनी नलेखिएको विनिमेय अधिकारपत्र प्रस्तुत गर्नको लागि भरमग्दुर कोशिश गर्र्दा पनि सम्बन्धित पक्ष फेला   नपरेमा ।